गोकुलेश्वर प्रहरीद्वारा एक महिनामा ६६ हजार ५ सय राजस्व संकलन

दार्चुला– इलाका प्रहरी कार्यालय गोकुलेश्वरले एक महिना ६६ हजार ५ सय राजस्व संकलन गरेको छ । एक महिनामा ११० ओटा सवारी साधन कारबाहीबाट उक्त राजस्व संकलन गरेको हो ।

गोकुलेश्वर प्रहरीका अनुसार पछिल्लो एक महिनाको अवधिमा ७६ जिप, २० अटो, ५ ओटा ट्याक्टर र ९ ओटा मोटरसाइकलबाट ६६ हजार ५ सय राजस्व संकलन भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.