लेकमको हुनैनाथ मावि रातामाटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
दार्चुला-दार्चुलाको लेकम गाउँपालिका वडा ४मा रहेको हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाले आयोजना गरेको प्रतियोगिता सोमबार आज सम्पन्न भएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाका अध्यक्ष नरेस जोशीको अध्यक्षता एव हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका शिक्षक दुर्गादत्त पाठकको प्रमुख आर्थित्यतामा प्रतियोगिता सम्पन्न भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाका इन्चार्ज भुवन सीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकहित तथा क्षमता विकास गर्ने उदेश्यले आयेजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको उहाँले बताउनु भयो । कार्यक्रममा सोही विद्यालयका शिक्षक जगदिशचन्द्र जोशी लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पालिकाभरीका ६ वटा मावि विद्यालयका विद्यार्थीहरुको मात्रै सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ऐडिबाग मावि मौखोलीका हेमाद्री जोशी प्रथम भएका छन ।यस्तै हुनैनाथ मावि रातामाटाका अनुस जोशी द्धितिय र हुनैनाथ मावि कुणीका दिनेश जोशी तृतिय भएका छन ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमस १५सय, १ हजार र ५सय रुपैयाँका साथै प्रमाणपत्र वितरण गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाका इन्चार्ज भुवन सीले जानकारी दिनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाले जिल्लाभरी रहेका ९ वटै स्थानीय तहमा यो कार्यक्रम अगामी चैत्रभित्र गरिसक्ने गरी जनाएको छ ।