दार्चुला। दार्चुलामा शिक्षा विकास तथा समन्वय इकाइ, कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी तिब्र बनाएको छ । अगामी चैत्र ७ गते देखि १९ गतेसम्म संञ्चालन हुने माध्यमिक शिक्षा परीक्षाको तयारी तिब्र बनाएको कार्यालयले जनाएको छ । यसका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले परीक्षाकेन्द्र निर्धारण, विद्यार्थीको आवेदन फारम भर्ने र अनलाइन इन्«टी गर्ने काम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ, कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनु भएको छ ।
यस्तै अहिले सम्म विद्यार्थीहरुको प्रवेशपत्र जिल्ला पुगेकाले सम्बन्धित विद्यालयहरुलाई विद्यार्थीको प्रवेशपत्र बुझन पत्राचार गरिएको छ । विद्यार्थीहरुका लागि चाहिने उत्तरपुस्तिका जिल्ला पुगेकाले उत्तरपुस्तिका अगामी चैत्र पहिलो साता परीक्षा केन्द्रमा पठाउने तयारी गरिएको छ । उत्तरपस्तिका र प्रश्नपत्र संगै पठाउने तयारी भएको कार्यालय प्रमुख पन्तले बताउनु भयो । जिल्लामा यो वर्ष १७ वटा परीक्षा केन्द्रहरुबाट कक्षा १० को एसइइ परीक्षा संञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ, दार्चुलाले जनाएको छ ।
जिल्लाभरीबाट यो वर्ष झण्डै ३१सय जना विद्यार्थी परीक्षामा भाग लिने भएका छन ।परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर यो वर्ष पनि एसइइ परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । केन्द्राध्यक्ष तोक्ने काम अगामी चैत्र पहिलो साता हुने बताइएको छ ।
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेपछि जिल्लामा परिक्षा संञ्चालनका लागि तयारी तिब्र बनाइएको कार्यालय प्रमुख पन्तले जानकारी दिनु भयो । जिल्लाभरी रहेका ७६वटा माध्यमिक विद्यालयका लागि १७ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय, इकाइ दार्चुलाका प्रमुख पन्तले बताउनु भयो । यो वर्ष जिल्लाभरी रहेका प्राविधिक धारतर्फका विद्यार्थीहरुको परीक्षा जिल्ला सदरमुकाम बाटै संञ्चालन हुने भएका छन ।
गत विगतका वर्षहरुमा विभिन्न ठाउँबाट हुदैँ आएको परीक्षा यो वर्ष जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माविको परीक्षा केन्द्र क,र ख बाट प्राविधिक धारतर्फका परीक्षा संञ्चालन हुने कार्यालयले जनाएको छ । अहिले जिल्लाका पाच माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फको पढाई हुने गरेको छ ।