दार्चुला । अगामी चैत ७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षाका लागि परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले परीक्षा केन्द्रको निर्धारण गरेको हो । यसवर्षको माध्यमिक शिक्षा परीक्षामा जिल्लाभरीबाट ७६वटा माध्यमिक विद्यालयका लागि १७ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
२०८१ सालकोे एसईई परिक्षा संचालन गर्न गत वर्षकै परीक्षा केन्द्रहरु यथावत गरिएको उहाले बताउनुभयो । यस वर्ष दार्चुलाबाट नयमित र ग्रेडबृद्धि गरी भण्डै ३ हजार १सय जनाले एसईई परीक्षामा भाग लिने बताइएको छ । कार्यालयले हिमालय मावि हुती, जनविकासमावि बारबाज, महेन्द्र नमुना मावि खलंगा क,ख मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर,क,ख,छान्ना तिंकरी कन्या मावि गे्रडबृद्धि तर्फका केन्द्रहरु निर्धारण गरेको छ ।
यस्तै शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट,सरस्वती मावि उकु, मालिकार्जुन मावि मड, लटिनाथ मावि रिठाचौपता, कृष्ण मावि बलाच परीक्षा केन्द्रहरु तोकिएका छन । तपोबन मावि पडपडा, गणेश विनायक मावि सिप्टी, र लटिनाथ मावि खार विद्यालयमा परीक्षाकेन्द्रहरु निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ ।
परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न केन्द्र अध्यक्षलाई जिम्मेवारी दिने, र उत्तरपुस्तिका प्रश्नपत्रहरु वितरण बाहेक कार्यालयको तर्फबाट हुने अन्य कामहरु सकिएको बताइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले परीक्षाकेन्द्र निर्धारण, विद्यार्थीको आवेदन फारम भर्ने र अनलाइन इन्«टी गर्ने काम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ, कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनु भएको छ । यस्तै अहिले सम्म विद्यार्थीहरुको प्रवेशपत्र जिल्ला पुगेकाले सम्बन्धित विद्यालयहरुलाई विद्यार्थीको प्रवेशपत्र बुझन पत्राचार गरिएको छ ।
यो वर्ष जिल्लाभरी रहेका प्राविधिक धारतर्फका विद्यार्थीहरुको परीक्षा जिल्ला सदरमुकाम बाटै संञ्चालन हुने भएका छन । गत विगतका वर्षहरुमा विभिन्न ठाउँबाट हुदैँ आएको परीक्षा यो वर्ष जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माविको परीक्षा केन्द्र क,र ख बाट प्राविधिक धारतर्फका परीक्षा संञ्चालन हुने कार्यालयले जनाएको छ । अहिले जिल्लाका पाच माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फको पढाई हुने गरेको छ ।