भिरबाट लडेर घाइते भएका धामीको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

दार्चुला ।  भिरबाट लडेर घाइते भएका महाकाली नगरपालिका वडा ८ का स्थानीय चन्द्र सिह धामीको उपचारमा आर्थिक अभाव भएको छ । काठमाडौंस्थित (केएमसि) अस्पताल, सिनामंगलको सघन उपचार कक्ष (आइसियुमा) उपचार गराइ रहेका धामीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

दार्चुला बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका सहायक प्राध्यापक समेत रहेका धामीलाई उपचारमा समस्या भएको भन्दै परिवारजनले उपचारमा सहयोग गरिदिन आग्रह गरेको हो । दाउरा चिर्ने क्रममा भिरबाट लडेर घाइते भएका धामीलाई आर्थिक सहयोगका लागि अपिल गरिएको उनका श्रीमती पार्वती धामीले बताउनु भयो ।  गत माघ १९ गते आफ्नै घरफागलमा दाउरा चिर्ने गएका धामी भिरबाट लडेर घाइते भएका थिए । घाइते धामीको गालाको हड्डी, छातीका हड्डी भाचिएका छन ।

यस्तै फोक्सोमा चोट रहेको डाक्टरहरुले बताएका छन । घाइते भएका उनलाई तत्काल जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि ल्याइएको भए पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि कोहलपुर हुदै अहिले काठमाडौंस्थित (केएमसि) अस्पतालमा थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सहयोग गर्न चाहने आफन्तजन इष्टमित्र दाजुभाइ दिदिबहिनीहरुलाई जिल्ला सदरमुकाम खलंगामा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बरु र इसेवा मार्फत सहयोग गरिदिन आग्रहगरिएको छ ।

Leave A Reply

Your email address will not be published.