दार्चुला । दार्चुलामा एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका बाट सुरु भएको मुल टोलीको कार्यक्रम लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा कार्यक्रम गर्दै मुल टोली अपिहिमाल पुगेको छ । जसअन्तरगत अहिले एमालेको मुल टोली जिल्लाको अपिहिमाल गाउँपालिकामा रहेको छ ।
बुधवार (आज) वडा नम्बर २ को घुषामा मुल टोलीको कार्यक्रम अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष सुरेन्द्र धामी को अध्यक्षता रहेको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, अपिहिमाल गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्याल लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीमा आवद्ध १२ जना जेष्ठ सदस्यहरुलाई पनी सम्मानित गरिएको छ ।