उत्कृष्ट प्रहरी कर्मचारी शर्मा पुरस्कृत

दार्चुला । दार्चुलामा माघ महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक केसव शर्मा पुरस्कृत भएका छन । जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक शर्मालाई विहिबार आज एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दार्चुला जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएको बताएका छन ।

जसअन्तरर्गत गएको माघ महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक केसव शर्मा पुरस्कृत भएको उहाँले बताउनु भयो ।जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुन्धान शाखामा लामो समयदेखि कार्यरत प्रहरी कर्मचारीहरुलाई अभिप्रेरित गरी उत्कृष्ट कार्य सम्दान गरेको भन्दै शर्मालाइ पुरस्कृत गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा प्रहरी जवानदेखि प्रहरी निरीक्षक इन्सपेक्टर सम्मका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले महिनापिच्छे पुरस्कृत गर्दै आएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दार्चुला जिल्लाको कार्यभार सम्हालेदेखि असोजबाट सुरुवात गरिएको सो सम्मानबाट अहिले सम्म शर्मा सहित ५जना प्रहरी सम्मानित भएका छन् ।

असोज महिनामा शंकपुर प्रहरी चौकीमा कार्यरत प्रहरी साहयक निरीक्षक शेरबहादुर थापा, कार्तिक महिनामा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्सपेक्टर किशोर सिह ऐरी मंसिर महिनामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बिशाल खरेल पुुषमा प्रहरी बरिष्ठ हवल्दार माधव प्रसाद जोशीलाई सम्मानित गरिएको छ । प्रहरीको निर्देशन अनुरुप आफूलाई दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पूरा गरेकोमा उनीहरुलाई सम्मानित गरिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.