दार्चुला ।दार्चुलामा भूमि समस्या समधानका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । भूमि समस्या समधान आयोगको आयोजनामा शुक्रबार आज जिल्ला समन्वय समितिको सभाहलमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । भूमि समस्या समधान आयोगका जिल्ला अध्यक्ष लालसिह धामीको अध्यक्षता एव समन्वय समिति प्रमुख महादेब बडूको प्रमुख आर्थित्यतामा भुमी समस्या समाधान आयोगको जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको भुमी समस्या समाधान आयोग सदस्य नारायणदत्त भट्टले जानकारी दिनुभयो ।
भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि एकदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको भूमि समस्या समधान आयोग दार्चुलाले जनाएको छ । भूमिहिन, दलित र सुकुमवासीको असार मसान्तसम्म उचित व्यवस्थापन हुने बताइएको छ ।
भूमि समस्या समधान आयोगका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोर्वधन कोलीले अहिलेको आयोग पहिलेको जस्तै सरकार परिवर्तन हुनेवित्तिकै विघटन हुने आयोग नभएकाले भुमी समबन्धी समस्याको समाधान छिट्टै हुने बताउनु भयो ।आयोगले काम गरे आउँदो असारभित्रै जनतालाई लालपुर्जा वितरण गरिसक्ने उहाँले बताउनु भयो ।
पहिलोमा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्वासी र तेस्रोमा प्राथमिकतामा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य भएकाले सोही अनुसार काम अघि बढाइने अध्यक्ष लालसिह धामीले बताउनु भयो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक पालिकाहरूले उपलब्ध गराएपछि उनीहरूको व्यवस्थापनका लागि काम गरिने उहाँले बताउनु भयो ।
आयोगसंँग सम्झौता गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि आफूहरूले पहल गर्ने बताएका छन् ।
कार्यक्रममा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका प्रमुख, उपप्रमुख कार्जुन गाउँपालिका अध्यक्ष उपाध्यक्ष मार्मा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष,नौगाड गाउँपालिकाका उपाध्यक्ष दुहुँ गाउँपालिकाका उपाध्यक्ष, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नापी कार्यालयका प्रमुख लगायत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।