लगातारको वर्षाले दार्चुलाको ऐतिहासिक गोकुलेश्वर मेला प्रभावित

दार्चुला- लगातार दुई दिनदेखिको वर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा लागेको ऐतिहासिक गोकुलेश्वर मेला प्रभावित भएको छ।

महाशिवरात्रिको अवसरमा फागुन १४ गतेiबाट सुरु भएको मेला वर्षाका कारण प्रभावित भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। मेलास्थलमा पानी जम्दा व्यापारिक स्टलहरूमा क्षति पुगेको छ। कपडा, मिष्ठान्न, खाना-नास्ताजस्ता सामाग्रीहरू भिजेर नष्ट भएको स्थानीय व्यापारी ध्रुवबहादुर साउँदले बताए।

शान्ति सुरक्षाका लागि खटिएको प्रहरी, स्थानीय र व्यापारीहरू मिलेर बाढी प्रभावित सामाग्रीहरू सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.