भारतको धारचुला नजाङ्गमा पहिरो खस्दा दार्चुलाका एक मजदुरको ज्यान गयो

दार्चुला ।भारतको धारचुला नजाङ्गमा पहिरो जाँदा एक नेपाली मजदुरको ज्यान गएको छ । पिथौरागढ जिल्लाको नजाङ्गमा पहिरोले पुरिएर दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोष सिंह ठगुन्नाको ज्यान गएको हो ।शनिवार आज दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएको भारतीय संञ्चारमाध्यमले बताएका छन् ।

घाइते हुनेमा दार्चुलाको नौगाड गाउँपालिका–६ का गणेश सिंह ठगुन्ना, बिरेन्द्र सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर हुन् । पसलमा बसिरहेको अवस्थामा पहिरो आएको बताइएको छ । पहिरोमा पुरिएका उनीहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्याएका छन् ।

Leave A Reply

Your email address will not be published.