दार्चुला ।दार्चुलामा जीप दुर्घटना हुँदा गाडी चालकको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलंगा तर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज बेलुकी ४ः३० महाकाली नगरपालिका–२ मैखोलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परी महाकाली नगरपालिका २का २७ वर्षिय महेश भुलको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको छ । यस्तै जिपमा सवार सुशान्त भुल र सागर को जिल्ल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घाइते तिनै जनालाइ उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।