महेन्द्र माध्यमिक विद्यालय खलंगाका कक्षा १० का विद्यार्थीहरूको विदाई

दार्चुला । महाकाली नगरपालिका वडा ४ जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०का विद्यार्थीको विदाई गरिएको छ । बुधबार आज विद्यालयमा आयोजित एक समारोहका विच शैक्षिक शत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइइमा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।

कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयले जानकारी गराएको छ ।कक्षा ९का छात्र हरिस धामीको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष खडक बडालको प्रमुख आर्थित्यतामा वद्यार्थीहरुको विदाई गरिएको विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले जानकारी दिनुभयो । यस्तै विदाई समारोहमा
विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा विदाई कार्यक्रम सम्पन्न भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्न आग्रह गरेका छन । विद्यार्थीहरुलाई परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याउन समेत भनेका छन । महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०का विद्यार्थी आउँदो चैत्र ७ गते देखि १९ गतेसम्म संञ्चालन हुने एसइइ परीक्षा मालिकार्जुन मावि धापबाट दिने छन ।

Leave A Reply

Your email address will not be published.