पस्तीका गोपाल पन्त चार दिनदेखि बेपत्ता

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का गोपाल पन्त चार दिनदेखि बेपत्ता भएका छन । यही फागुन १९ गते देखि पन्त बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।गाउँपालिकाको वडा नम्बर ८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपाल पन्त यही फागुन १९ गते देखि बेपत्ता रहेको उहाँका छोरा कपिल पन्तले जानकारी दिनुभयो ।

१९ गते विहान घरबाट जोलजिवी जान्छु, भनेर गएका उहाँ सोही दिनबाट सम्पर्क विहिन भएको पन्तले बताउनुभयो ।४ दिन देखि बेपत्ता पन्तको परिवार र गाउँलेले खोजीकार्य गरिरहेको भएपनि हाल सम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।

बेपत्ता पन्तले घरबाट निस्कदा सेतो रंगको टोपी, कालो रंगको लेदरको ज्याकेट, कालो रंगको पाइन्ट र रातो रंगको चप्पल लगाएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँलाई कही कतै देखे ९८६५९५९९७९ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन बेपत्ता पन्तका छोरा कपिल पन्तले आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.