दार्चुला जिप दुर्घटनामा परी घाइते भएका दुबै जना अस्पतालबाट डिस्चार्ज,

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी घाइते भएका दुबै जनालाई जिल्ला अस्पताल दार्चुलाले डिस्चार्ज गरेको छ । महाकाली नगरपालिका–२ मैखोलीमा हिजो भएको जिप दुर्घटनामा परी घाइते भएका दुबै जनालाई अस्पतालले बुधबार नै डिस्चार्ज गरेको हो ।

नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप दुर्घटनामा परी घाइते भएका सुशान्त भुल र सागर भुललाई अस्पतालले डिस्चार्ज गरेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका दुबै जनाको अवस्था समान्य भएपछि घर पठाइएको उहाँले बताउनु भयो । दुर्घटनामा परी दुबैजनाको शरिलका विभिन्न भागमा चोट लागेको थियो ।

दुर्घटनामा परी जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा अस्ताएका छन । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका सुशान्त भुल र सागर भुल मृतक महेश भुलका नातामा छोरा र भतिजा पर्ने गरेको पारिवारिक स्रोतले जनाएको छ । गाडी किनेर पुजाआजा गरी घर भन्दा अलि तल मैखोली सम्म घुम्न आएका तीनै जना दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.