बाकु विद्यालयका कक्षा १०मा अध्ययनरत विद्यार्थीको विदाई

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं —६मा रहेको गरडामावि बाकु विद्यालयका कक्षा १०मा अध्ययनरत विद्यार्थीको विदाई गरिएको छ । विहिबार आज विद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी विद्यार्थीको विदाई गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा माध्यामिक शिक्षा परिषद (एसईई) मा संलग्न हुने विद्यार्थीलाई विदाई गरिएको बताइएको छ ।२०८१ सालको माध्यामिक शिक्षा परिषद (एसईई) मा संलग्न हुने ९ जना छात्रा र १० जना छात्रगरी १९ जना विद्यार्थीको विदाई गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनुभयो ।

विदाई कार्यक्रममा (एसईई) मा संलग्न हुने सबै विद्यार्थीहरुलाई प्रवेश पत्र समेत वितरण गरिएको प्रधानाध्यापक गिरीले बताउनु भयो । विदाई भएर गएका विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयले जानकारी गराएको छ । विदाई समारोहमा विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले विदाई भएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्न आग्रह गरेका छन । विद्यार्थीहरुलाई परिक्षामा अनुशासित भइ निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याउन समेत भनेका छन ।

गरडा माध्यमिक विद्यालय बाकुमा अध्ययनरत विद्यार्थीले सरस्वती मावि उकुबाट परीक्षा दिने छन । यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउदो चैत्र ७ गते देखि संञ्चालन हुदैछन । यसैविच जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ३ मा रहेको मालिकार्जुन मावि मडका विद्यार्थीहरुकोे पनि आज एक औपचारी कार्यक्रम मार्फत विदाई गरिएको विद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.