दार्चुलाका समाजसेवी पण्डित जयदेव विष्टको निधन

खाेप
HEALTH

दार्चुला- दार्चुलाको लेकम गाउँपालिका–५, रिठाचौपाताका समाजसेवी तथा धार्मिक व्यक्तित्व पण्डित जयदेब बिष्टको निधन भएको छ। लटिनाथ मावि चौपाताका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा जयपुरसहित लेकम क्षेत्रका विभिन्न मन्दिरका पुजारी रहनुभएका बिष्टको ७२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो।

Susite

पण्डित बिष्टको निधनले सिंगो लेकम शोकमा डुबेको छ। बिष्ट २०४८ सालदेखि विद्यालय व्यवस्थापन समितिमा रहनुका साथै माध्यमिक तहको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

आत्महत्या

उहाँको नेतृत्वमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा महत्वपूर्ण कार्यहरू भएका थिए। धार्मिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा बिष्टको उल्लेखनीय योगदान रहेको छ। उहाँले समाजमा धार्मिक चेतना फैलाउने कार्य गर्नुका साथै विभिन्न मन्दिरहरूको संरक्षणमा पनि अग्रसरता देखाउनुभएको थियो। बिष्ट गाउँमा धार्मिक कार्यहरू सञ्चालन गर्ने मात्र नभई समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.