प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

दार्चुला – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन्। समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

एमालेका मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेपछि सोमबार राजीनामा दिएका थिए। पाँच दलीय गठबन्धनले राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्षा बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

सोही बमोजिम प्रदेश प्रमुख प्यासीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राईले आजै दिउँसो ३ बजे सपथग्रहण गर्ने कार्यक्रम छ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका थिए। उनलाई ५० सांसदको समर्थन छ।

उनी तत्कालीन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित भएका थिए। तर‚ गत भदौमा एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.