स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आयोजनामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु गोकुलेश्वर बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार २ सय बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

स्ववियुको आयोजना र मालिकार्जुन अस्पताल प्रालीगोकुलेश्वर अस्पतालको सहयोगमा गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २ सय बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको स्ववियु गोकुलेश्वर क्याम्पसका अध्यक्ष सुनिल डाँगाले जानकारी दिए ।

स्ववियु गोकुलेश्वर क्याम्पसका अध्यक्ष डाँगाले विद्यार्थीहरूमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको पहिचान र समाधानका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताएका छन ।

स्वास्थ्य परीक्षणपछि समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि वितरण पनि गरिएको छ। स्ववियु गोकुलेश्वर क्याम्पसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारसँगै स्वास्थ्य जस्ता क्षेत्रलाई समेत प्राथमिकतामा राखी विभिन्न गतिविधिहरू गर्दै आएको उहाँले बताए ।

Leave A Reply

Your email address will not be published.