बाबा मेरा भगवान
हो! हजुर मेरा भगवान, हजुर नै हौ संसार,
कयौ दु:ख लुकायौ है, परिस्थिति अनुसार!
सानोमा थाह थिएन है, कसरी पर्छ ठेला?
के हो भनी सोद्धा मैले, भाग्य खुल्ने कोटि भन्थ्यौ उबेला !
बाबा….
बाबा हात समाइ ताते भन्दै, हिड्न सिकायौ!
थालिको पानीमा थप-थप गराई, खेल्न सिकायौ!
त्यो कोटि परेको हात समाई,खेल्न पाउने कति भाग्यमानी!
सानै हो! भन्थ्यौ बाबा गल्ती गर्दा जानि जानि!
बाबा…
मैले आजभोली सम्झिन्छु, बा.. को हातको कोटि!
त्यही सम्झि आखामा, वर्षा आउँछ एकैचोटी!
भन्छौ पढ,खेल, रमाउ,, यहि हो उमेर
बाबाको आएन छ! यो उमेर, सोच्छु मौन मा डुबेर!
बाबा..
हजुर नभए अपाङ्ग हुन्थे, हजुर नै हौ बैसाखी!
सङ्घर्षको मैदान मा छु, हजुर्लाइ नै आधार मानी!
सानै छु भनौ भने, बुझ्ने भइसके!
बुढेसकालमा हात दिउला, धेरै दिन नसके!
बाबा.. हजुरको खुशी, जसरी नि मैले किनौला!
म गन्तव्यमा पुगेपछी, हातको कोटिलाई नि औषधी गरौला!!
तेतिन्जेल,
हजुर.. आफ्नो ख्याल राख्नु,ईश्वरलाई साची!
खुशी भै बस्नु बाबा, मन् मा पिर नराखी!
लेखक: निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।