पालिकाबासीको समस्या लिएर संघीय राजधानीका मन्त्रालयसम्म पुग्दै पुर्व गाउँपालिका अध्यक्ष धामी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी अहिले संघीय राजधानी  काठमाडौँमा रहेका छन ।  विगत लामो समय देखि निवर्तमान अध्यक्ष धामी जनताको सारथी बनेर संघिय राजधानी केन्द्रित भएका हुन ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मालिकार्जुन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका धामी आफ्नो ५ वर्षे कार्यकाल सक्काएपछि कहिले जनातका गाउँघर त, कहिले संघिय राजधानीका मन्त्रालयसम्म पुग्ने गरेका छन ।
उनी पालिकाका समस्याहरुको पोको सहित मन्त्रालय तथा तिनका विभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् । विशेषगरी आफु निर्वार्चित पालिकाभित्रका जनताको समस्या गुनासाका बारेमा मन्त्रालय तथा तिनका विभागहरुमा पुग्ने गरेको निवर्तमान अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिकाका ग्रामीण बस्तीमा अहिले पनि विभिन्न समस्या रहेकाले त्यसको समाधानका लागि भन्दै निवर्तमान अध्यक्ष धामी संघिय राजधानीका मन्त्रालय सम्म पुग्ने गरेका छन ।

यस्तै निवर्तमान पालिका अध्यक्ष धामी पालिकाभित्रका रोगीहरु उपचारका लागि राजधानी आए उनीहरुसंग अस्पतालमै पुगेर भेटघाट, स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिने गरेका छन ।

अहिले जनतामा राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो नीजि स्वार्थ भन्दा माथि उठेर धामी निरन्तर जनताको सेवामा तल्लिन भएपछि पालिकाबासीहरु पनि खुशी हुन थालेका छन । हाल संघीय राजधानीमा रहेका उनले दार्चुलाबाट आएका विरामी तथा असहाय हरुलाई सहयोग गर्दै आएका छन् ।

यसैविच पुर्व गाउँपालिका अध्यक्ष धामीले चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत जिल्ला मालिकार्जुन वडा –४ ऐरिछाना खेलमैदानका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन भएकोमा छिटो ठेक्का प्रक्रिया अगाडि बढाइ निर्माणकार्य सुचारु गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङसंग भेटघाट तथा छ्लफल गरेका छन ।

सोही क्रममा खेलकुद पुर्वाधार निर्माण शाखाका प्राबिधिकहरु संग पनि कुराकानी गरेका छन । पुर्वाधार शाखाबाट गत साउन १८ गते निर्माण स्थलको जग्गाको स्वामित्व ,जग्गाधनीपुर्जा र डिपिआरका लागि पत्राचार गरिएको उहाँहरुले जानकारी दिएको निवर्तमान अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।

पत्राचार अनुसार जग्गाको विवरण ,लालपुर्जा र डिपिआर उपलब्ध गरि आवश्यक सहजीकरण गरिदिनहुन निवर्तमान अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिका आग्रह समेत गरेका छन । राजधानीका कतिपय स्थानमा पैदलयात्रा गरेर नै पुग्ने गरेका छन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष हुँदा उनले सुरु गरेका आयोजनामा पनि संघीय सरकार मार्फत बजेट पार्न सफल भएका छन् । उनको राजनीतिक निष्टा र विकासप्रति समर्पणले पछिल्लो समय उनी जनताको मनमा बस्न सफल भएका छन् ।

Leave A Reply

Your email address will not be published.