नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकियो

दार्चुला । नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकिएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा संञ्चालन गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकिएको हो ।

भेला तथा प्रशिक्षण कार्यक्रममा वित्त तथा आर्थिक प्रशिक्षण, पार्टी केन्द्रीय कमिटिमा प्रस्तावित विधान संशोधन सम्बन्धी लगायत जनताको बहुदलिय जनबाद (जबज ) लगायत पार्टीको अगामी कार्यभारका बारेमा प्रशिक्षण गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा वित्त तथा आर्थिक प्रशिक्षण सुदुरपश्चिम प्रदेश कमिटिका उपसचिव नरबहादुर विकले दिएका छन । यस्तै पार्टी केन्द्रीय कमिटिमा प्रस्तावित विधान संशोधन सम्बन्धी प्रशिक्षण नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण प्रसाद जैसीले दिएको जिल्ला कमिटी सचिव जोशीले बताउनु भयो ।

यस्तै जनताको बहुदलिय जनबाद (जबज ) लगायत पार्टीको अगामी कार्यभारका बारेमा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य हरदेब जोशीले प्रशिक्षण दिएको बताइएको छ ।  कार्यक्रममा प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाले अहिलेको समसामयिक राजनितिक परिस्थिति, दार्चुला जिल्लामा नेकपा एमालेको कार्यभारका बारेमा जानकारी गराएको सचिव जोशीले जानकारी दिनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशसिंह धामी, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य, पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष÷सचिव, जनसंगठनका केन्द्रीय, प्रदेश, जिल्ला किमिटी पदाधिकारी एंव पालिका कमिटी अध्यक्ष, निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । आइतबार भोली ६ टौँ जिल्ला कमिटी बैठक आयोजना गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.