हरियो चूडामा सजिएकी छे, माया लुकेको आँखामा,
लाली पाते पोतेले बोलेको कथा, उस्तै छ नारीको चाहनामा।
तीज आयो फेरि एकपल्ट, संगीनीहरूको साथमा,
धेरै कुराहरू छन् मनभित्र, गीत बनेर आउँछन् छातिमा।
भोलि बिहानदेखि निर्जला ब्रत,
शिव-पार्वतीको कथा सम्झँदै गरिन्छ शपथ।
न त पानी, न त अन्नको गाँस,
आस्था यत्रा हो यो, आत्मबलको सुवास।
सुरु हुन्छ तीजको ताली,
चौबन्दी चोलो, पहेँलो सारी।
देउरालीमा गुञ्जिन्छ स्वर,
“तीजको लहर आयो बारम्बार!”
माइतीघरको सम्झनाले बिझाउँछ मन,
बर्षौं भइसके, भेट भएन सन।
एकचोटि आउन पाऊँ आमा-बाबाको काख,
तीजको बहानामा रोऊँ म मनभित्रको ब्यथाको पाख।
तीज भनेको नाच्ने मात्र होइन,
साँचो अर्थ बुझ्ने मनले कहिल्यै रोइन।
नारीका आँसु, पीडा र कुरा,
यस गीतभित्र लुकेका छन् हजार चोटहरू बुभरै कुरा।
दिदीबहिनीहरू जुट्छन् एउटै ठाउँमा,
बिर्सिन्छन् थकान, गुनासोहरू गाउँमा।
देउडामा पोखिन्छ अनुभव, संघर्षको कथा,
नारीको हृदयमा के के लुकेको छ, खुल्छ त्यसैबेला बाटा।
शिवलाई वरण गरेकी पार्वतीजस्तै,
शक्तिशाली बनून् हरेक नारी, स्वतन्त्र र सत्य।
तीजको यो पर्व नहोस् केवल सजावटको नाम,
बरु बनोस् आवाज, बनोस् मुक्ति र सम्मानको काम।
स्वरहरू उठून् गुञ्जायमान,
“हाम्रो पनि छ पहिचान!”
“चुलोचौको मात्र होइन,
हामीले पनि संसार देख्न पाउनु पर्छ न हो!”
हाम्रो पनि सपना छ, हाम्रो पनि विचार,
हाम्रो पनि मनमा हुन्छ विद्रोहको ज्वाल।
तीजमा गाउनु छ आजको यथार्थ,
बदलिँदैछ नारी, उड्दैछ ऊ आकाशपार।
छोरीलाई नठान अब बोझको नाम,
ऊ सक्षम छ, ऊ बनाउँछ समाजमा काम।
शिक्षा, स्वरोजगार, अवसर मिल्नुपर्छ समान,
अबको तीज हो नारी सशक्तिकरणको अभियान।
लेखक:- मनिषा साउद सेटिगाउँ बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।