माफ गर्नू आमा

🖋️ लेखक :-कोपिला धामी

माफ गर्नू आमा

माफ गर्नू आमा, सफल हुन सकिन,
तिमीले बोकेको सपना पूरा गर्न सकिन,
रातभर आँखा झिम्क्याउन नपाई,
म तिम्रो भविष्यको उज्यालो बन्न सकिन।

तिमीले पालेको आशाको बोट,
म कमजोर भएर फलाउन सकिन,
तिम्रो विश्वासका पाना पल्टाउँदा,
सपना जस्तै रित्तै शब्द लेख्न सकिन।

माफ गर्नू आमा, तिमीले सिकाएको धैर्य,
मैले जीवनमा थाम्न सकिन,
अनि तिमीले देखाएको बाटोमा हिँड्दा,
कदमहरू बारम्बार चिप्लिन पुगे।

तर आमा, मेरो मनमा तिमी नै आस्था,
मेरो असफलता तिम्रो माया भन्दा सानो छ,
आज हार मानें जस्तो लागे पनि,
भोलि जित्न तिम्रै आशिर्वाद मेरो साथ छ ।।

लेखक :- कोपिला धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.