दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गयो

दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

नौगाड गाउँपालिका–६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर ज्यान गएको हो।

बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.