दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा— ९ नक्तडमा महाकाली यातायातको बस सडकको भित्तामा ठोक्किएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको दिवासेवा बस नक्तडमा सडकको भित्तामा ठोक्किएको हो ।
सुदुरपश्चिम प्रदेश ०२००१ ख ९५० नम्बरको महाकाली यातायातको बस भित्तामा ठोक्किएको बताइएको छ । भित्तामा ठोक्किएको बसमा सवार ५ जनालाई सामान्य मुखमा चोटपटक लागेर घाइते भएका छन ।
यसबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।