मेरी आमा

मेरी आमा

भोकोलाई भोजन प्यासी लाई पानी हुन, मेरी आमा
मैले सन्सार हेर्ने आखाको, नानी हुन मेरी आमा।

सन्तानहरुको लागि आफ्ना रहरहरु समेत घटाउन सक्ने
निस्वार्थ माया ममताकि, खानी हुन् मेरी आमा
मैले सन्सार हेर्ने आखाको नानी हुन मेरि आमा।

ठुलै विषय मा डिग्री हासिल नगरे पनि परिवारमा
इज्जत, सस्कार सबै सिकाउने, ज्ञानी हुन मेरी आमा ।

भोकोलाई भोजन प्यासी लाई पानी हुन मेरि आमा
मैले सन्सार हेर्ने अँखाको नानी हुन मेरि आमा ।

घर परिवार को जिम्मेवारी सबै , काधमा बोकेकी छिन
हाम्रो यो एकल घरको, रानी हुन मेरी आमा
मैले सन्सार हेर्ने आखाको नानी हुन मेरि आमा।

लेखक: डि. आर .भट्ट
चादनी -३, कंचनपुर
जनज्योति बहुमुखी क्याम्पस कञ्चनपुरका विद्यार्थी

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.