तिम्रा आँखा

तिम्रा आँखा

तिम्रा आँखा जुन जस्तै छन्,
जसलाई हेर्दै म रमाउँछु
तिम्रा आँखा ब्रह्माण्ड जस्तै छन्
जहाँ म सधैं हराउँछु।

तिम्रा आँखा समुद्र को पानी जस्तै हुन
मलाइ डुबाउने साहस राख्छन्
तिम्रा आँखा तारा जस्तै हुन
जहाँ पनि मलाई नै ताक्छन।

तिम्रा आँखा जादु गर्छन्
मेरा नजर आफू तिर तानी
तिमीलाई आँखामा हेरेपछि
बदलिन्छ मेरो आनीबानी।

तिम्रा आँखा पुस्तक सरी,
जहाँ म आफ्नो कथा भेट्छु,
तिम्रा नजरमा डुबे सरी
तिम्रा आँखाका कविता लेख्छु।

लेखक: शेखर भट्ट
कञ्चनपुर

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.