जिल्ला प्रशासन कार्यालय दार्चुलामा सेवाग्राहीका लागि हुलाक डेस्क स्थापना

दार्चुला । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक डेस्क स्थापना गरिएको छ ।

जिल्लाको ग्रामीण बस्तीबाट सदरमुकाम खलङ्गा आउने सेवाग्राहीको समस्यालाई मध्येनजर गरी  हुलाक डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

सरकारी कामकाजका लागि सेवाग्राहीलाई हुलाक टिकट आवश्यक हुने भएकाले डेस्क स्थापना गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयको एउटा कोठा लिएर हुलाक डेस्क स्थापना गरिएको प्रशासनले जनाएको छ ।

सो डेस्कबाट सेवाग्राहीलाई हुलाक टिकट उपलब्ध हुर्दै आएको छ । हुलाक डेस्कको स्थापना गत जेठ १ गते गरिएको हो । अहिले सेवाग्राहीले हुलाक डेस्कबाट पाँच, दस, पन्ध्र र बिस रुपियाँ अङ्कित मूल्यका हुलाक टिकट प्राप्त गर्न लागेको प्रजिअ पौडेलले बताए ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ स्थानीय तहमा यसअघि नै पालिका हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख बिरेन्द्रसिंह धामीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.