गायक बाबुल गिरीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गायिका नितु पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी परेको हो ।
मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गएको शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका क्रममा शुक्रबारै बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए ।

गायिका पौडेल मृत्युप्रकरण: प्रहरी कार्यालय पुगे गायक बाबुल गिरी

Leave A Reply

Your email address will not be published.