चार मन्त्रीको शपथ दिउसो २ बजे

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले चार मन्त्रीको सिफारिश गरेकी हुन् । नयाँ मन्त्रीको शपथ दिउसो २ बजे हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री सिफारिस गरेकी छन् । प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद, श्रेष्ठलाई यस अघि पर्यटन मन्त्रालय दिने भनिएको भएपनि उनलाई भूमिसुधार मन्त्रालय दिइने भएको छ भने डा. गौतमलाई स्वास्थ्य मन्त्रालयका लागि सिफारिस गरेकी छन् ।

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने चार मन्त्री

Leave A Reply

Your email address will not be published.