दार्चुलाको डाडाकोट स्वास्थ्यचौकीबाट एक महिनामा १४६ जनालाई स्वास्थ्य सेवा प्रदान

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा- ५मा रहेको डाडाकोट स्वास्थ्यचौकीबाट एक महिनाको अवधिमा १४६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

आइतबार स्वास्थ्यचौकीको फेसबुक पेजबाट गत असोज महिनामा स्वास्थ्य सेवा लिएका सेवाग्राहीको संख्या सार्वजनिक गरिएको हो ।

गत असोज महिनामा ९३ जना महिला र ५३ जना जना पुरुष गरी जम्मा १४६ जनाले स्वास्थ्य चौकीबाट सेवा प्रदान गरिएको डाडाकोट स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक महेश राम पार्कीले जानकारी दिए ।

उनका अनुसार गत असोज महिनामा १३१ जना नयाँ सेवाग्राही र ७ जना पुराना सेवाग्राहीलाई सेवा दिएको बताएका छन । गएको महिना १३ जनालाई खोपसेवा प्रदान गरिएको छ ।

२ जनालाई पुर्णखोप प्रदान गरिएको छ । १८ जनालाई नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गरिएको छ ।

यस्तै गत महिना २ जनालाई पोषण सेवा,४ पटक गर्भवती जाच, र ८ पटक गर्भवती जाच समान १-१ जना तथा सामाजिक महिला स्वास्थ्य स्वायमसेविकाबाट ७४ जनालाई सेवा प्रदान गरिएको डाडाकोट स्वास्थ्यचौकीले जनाएको छ ।

हेर्नुसु तथ्याङक

 

Leave A Reply

Your email address will not be published.