काठमाडौं । आज दुई जना मन्त्रीको मात्रै शपथ हुने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ४ जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन् ।
त्यसमध्ये २ जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् ।
उनीहरू दुई जनाको मात्रै आज शपथ हुनेछ ।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने छलफलमै रहेको बताएका थिए ।
साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए । उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ । त्यसैले आज दुई जना मन्त्रीको मात्रै शपथ हुन लागेको हो।