दार्चुलामा निर्वाचन प्रहरीमा पर्‍यो दोब्बर आवेदन

दार्चुला । निर्वाचन प्रहरी भर्नाका लागि माग आवेदनमा दार्चुलामा आवश्यकता भन्दा झण्डै दोव्वर अवेदन पेश भएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि माग भन्दा दोब्बर बढीले आवेदन दिएका हुन ।

निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति दार्चुलाले दिएको जानकारी अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर जिल्लामा १ हजार ६६१ जनाको आवेदन परेको बताएको छ । नेपाल प्रहरीतर्फ मात्रै १ हजार ५४१ जनाको आवेदन परेको छ ।

सशस्त्र प्रहरीतर्फ १२० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतका अनुसार पौष २५ गते देखि माघ १ गतेसम्म जम्मा १ हजार ६६१ जनाको आवेदन परेको बताएका छन् । उनका अनुसार आवेदन खुलाइएको सात दिन मै १ हजार ५६१ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा अधिकास युवाहरु रहेका छन्।

जिल्लामा जम्मा आवश्यक प्रहरीतर्फ ८८४ र शसस्त्र तर्फ जम्मा ४६ जना गरी ९३० जना भर्ना गरिने भएको छ । दार्चुलामा प्रहरी तर्फ पूर्व सेना ३४,पुर्व प्रहरी १२,पुर्व सशस्त्र १ पुर्व म्यादी २३४ गरी जम्मा २८१ जनाले अवेदन दिएका छन् ।

प्रहरी तर्फ नै १ हजार ४ जना पुरुष र ५३७ जना महिलागरी जम्मा १हजार ५४१ जनाको आवेदन परेको छ । यस्तै सशस्त्र प्रहरी तर्फ पुर्व सेना ११ जना,पुर्व प्रहरी १ जना पुर्व सशस्त्र १ जना पुर्व म्यादी २० जना गरी जम्मा ३३ सहित १२० जना पुरुषले आवेदन दिएको छ । निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको देखिएको छ । निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिएकाहरुलाई आइतबार सम्पर्कका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.