न्यायालयमा भएको विवादबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : प्रचण्ड

 दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताउनुभएको छ ।

 

माओवादी केन्द्र भोजपुरले आज शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालतभित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ ।’

 

अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उहाँले आवश्यक परे चुनाव पछाडिसम्म पनि जान सकिने धारणा राख्नुभयो । पालिकाको चुनाव निर्वाचन आयोगले चैतमा तोकेको भए पनि संविधानअनुसार ६ महिना अघि–पछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताउनुभयो । सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उहाँको भनाइ छ ।

 

पूर्वाञ्चल कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको बताउँदै झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.