दार्चुलामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

नेपाल नेत्रज्योती संघ, गेडा आँखा अस्पतालको आयोजनामा जिल्लाको महाकाली नगरपालिकाको वडा – ४ खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

यहि माघ १० गते देखि १२ गते सम्म चल्ने शिविरमा आँखा परीक्षण, मोतिबिन्दु लगायत आँखाका अन्य समस्या भएका रोगीहरुको नि:शुल्क अप्रेशन गरिने बताइएको छ ।

त्यस्तै शिविरमा अप्रेशन गर्नुपर्ने बिरामीको साथमा एक जना आफन्त अनिवार्य हुनुपर्ने तथा खाना बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.