शिक्षक संघको राजनीति छोडेर दार्चुलामा रास्वपाको उम्मेदवार बने सामन्त

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाबाट प्रत्यक्षतर्फ राजेशसिंह सामन्तलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको राजनीतिमा सक्रिय सामन्त राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका हुन् ।

दुई महिनाअघि रास्वपा प्रवेश गरेका सामन्त शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष तथा राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक थिए । स्वास्थ्यका कारण शिक्षण पेशाबाट राजीनामा दिएका सामन्त राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिए लगत्तै जिल्ला सभापति बनाइएको थियो ।

एक महिना संगठन विस्तार अभियान चलाएका सामन्तलाई रास्वपाले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो । उनको महाकाली नगरपालिका–९ स्थायी बसोबास छ ।

Leave A Reply

Your email address will not be published.