काठमाडौं । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेको छैन ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीले दिएको जानकारी अनुसार मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध उजुरी दर्ता नभएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले)बाट गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मण दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त र नेकपा माओवादीबाट नवराज भट्टले प्रतिनिधि सभा प्रतक्षतर्फको उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, संघिय लोकतान्त्रिक पार्टीबाट गगन ठगुन्ना, आम जनता पार्टीबाट प्रेम सिंह बडाल र नेकपा सयुक्तबाट विद्यादेव जोशी सहित एघार राजनीतिक दलबाट ११ जनाको उमेदवारी दर्ता भएको छ ।