दार्चुलामा जेन–जी उमेर समूहको उम्मेदवारी शुन्य, हेर्नुस् कसको उमेर कति ?

दार्चुला । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तर जेन–जी उमेर समूह अर्थात् २८ बर्षभन्दा कम उमेर समूहको उम्मेदवारी जिल्लामा शुन्य परेको छ । मुख्य अधिकृतको कार्यालयले  गत मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवार विवरण अनुसार जिल्लाबाट दर्ता भएका सबै उम्मेदवारको उमेर ३२ वर्षभन्दा माथि रहेको देखिन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले प्रकाशन गरेको सूचनामा सबै भन्दा कम उमेरका उम्मेदवार ३२ बर्षमा छन् भने सबै भन्दा जेष्ठ उमेरका आम जनता पार्टीका उम्मेदवार प्रेम सिह बडाल ६४ वर्षका रहेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका राजेश चन्दको उमेर ५९ वर्ष रहेको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरेका गणेश सिह ठगुन्ना र राष्ट्रिय जनमोर्चाका उम्मेदवार बिर्खराज पन्तको उमेर समान ५७/५७ वर्ष रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धर्मानन्द जोशी र नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेवार बनेका लक्ष्मण दत्त जोशीको उमेर पनि समान ५०/५० वर्ष रहेको छ ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार रहेका गगन ठगुन्नाको उमेर ५६ वर्ष रहेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट उम्मेदवार बनेका नबराज भट्टको उमेर ३२ वर्ष रहेको छ । नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका रमेश कुमार रावलको उमेर ४८ वर्ष रहेको छ ।

राष्ट्रियस्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका राजेश सिह सामन्तको उमेर ५२ वर्ष रहेको छ । नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट उम्मेदवारी दिएका विद्यादेव जोशीको उमेर ५२ वर्ष रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.