काठमाडौं । हिमाली जिल्ला दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका सबै ११ जनाको उम्मेदवार कायम भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, मनोनयन दर्ता गराएका कुनै पनि दलले उम्मेदवार फिर्ता नलिएपछि सबैको उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा(एमाले)बाट गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मण दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त र नेकपा माओवादीबाट नवराज भट्ट, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, संघिय लोकतान्त्रिक पार्टीबाट गगन ठगुन्ना, आम जनता पार्टीबाट प्रेम सिंह बडाल र नेकपा सयुक्तबाट विद्यादेव जोशी गरि एघार राजनीतिक दलबाट ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।