दार्चुलामा ट्राफिक सचेतना सप्ताहको अवसरमा प्रभात फेरी

दार्चुला । ट्राफिक सचेतना सप्ताहको अवसरमा दार्चुलामा सोमबार आज बिहान प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा उक्त प्रभात फेरी कार्यक्रम गरिएको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अगुवाईमा निकालिएको प्रभातफेरीले खलंगा बजार भित्रका बिभिन्न भागमा परिक्रमा गरेको थियो। ट्राफिक नियमको पालना गरौ लगायतको नारा अंकित ब्यानर कार्ड सहित प्रभातफेरी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रभात फेरी कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल,सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशी प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महत लगायत यातायात व्यवसायी, विद्यार्थीहरुको उपस्थितिमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गौरव महतले बताए । प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने , ट्राफिक नियमको निष्पक्ष पालना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.