दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना परी एक जना घाइेत भएका छन् । सोमबार (आज) महाकाली करिडोर सडकखण्ड अन्तरगत सुनसेरामा भएको ट्याक्टर दुर्घटनामा परी भिमदत्त नगरपालिका–९ ब्रहमदेव खल्ला, कञ्चनपुर घर भएका २० वर्षिय चालक सचिन ठगुन्ना घाइते भएको बताइएको छ ।
सोमबार दिउँसो करिव साढे १ बजेतिर शनिदेव निर्माण सेवा प्रालिद्वारा निर्माण भईरहेको सडक खण्डमा ट्याक्टर दुर्घटना भएको बताईएको छ ।
जिल्लाको व्यास गाउँपालिका वडा –४ सुन्सेरा स्थित गल्था पहिरो नजिक निर्माण सामाग्री बोकेको सु.प.प्र. ११६६ नम्बरको ट्याक्टर सडक भन्दा करिब २०० मिटर तल खसेको नेपाली सेनाले जनाएको छ ।
दुर्घटना भएको खबर प्राप्त भएपछि नेपाली सेनाको सडक आयोजनाबाट जम्दार दीपक शाहीको कमाण्डमा खटिएको १० जनाको टोलीले घाइते चालकको उद्दार गरि आयोजनाको मेडिकलमा प्राथमिक उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको छ ।
