काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।