दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा अवस्थित ब्रह्मलेक टावरमा विद्युत विस्तार भएको छ। व्याँसलाई सञ्चार सञ्जालमा जोड्न ब्रह्मलेकमा रहेको नेपाल टेलिकमको नमस्ते टावरमा विद्युत जडान कार्य सम्पन्न भएको टेलिकम दार्चुलाले जनाएको छ ।
हिजो विद्युत जडान सम्पन्न भएपछि ब्याँस गाउँपालिकाको वडा नं -१,देखि- ४ सम्मका नागरीकालाई संञ्चार सेवातर्फ पहुच पुगेको बताइएको छ । अहिले थप सुधारका लागि परीक्षण कार्य भइरहेको र बाकी समस्या पहिचान गरि समाधान गरिने दुरसंञ्चार कार्यालय दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिए ।
यस्तै ब्याँसकै वडा नं -२ मा रहेको रिपुधारसम्म पनि लाइन विस्तारको काम भइरहेको उनले बताए । विद्युत विस्तार सँगै संञ्चार सम्पर्क सहज भएपछि त्यहाँका नागरीकहरु खुशी भएका छन् ।