दार्चुला । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ ।
दार्चुलामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ९०९ मत ल्याएर पहिलो भएको हो । दार्चुलामा प्रत्यक्षतर्फ एमालेका गणेश सिह ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ दार्चुलामा दोस्रो स्थानमा नेपाली कांग्रेसले १३ हजार ८८१ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ १५ हजार ८३६ मत ल्याएर एमालेका गणेश सिह ठगुन्नासंग पराजित हुनु भएको थियो । यस्तै समानुपातिकमा रास्वपा तेस्रो स्थानमा रहेको छ ।
यो पार्टीले समानुपातिकमा १२ हजार २०७ मत पाएको छ । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ३ हजार ५९२ मत पाएको छ ।
राप्रपाले समानुपातिकमा १ हजार १२८ मत ल्याएर पाचौँ स्थानमा रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा अन्य राजनितिक दलले सय भन्दा माथि तथा हजार भन्दा कम मत ल्याउन समेत सकेका छैन्न । फागुन २१ गते सम्पन्न निर्वाचनमा जिल्लाबाट ११ राजनीतिक दलका ११ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका थिए ।
यो समाचार पनि पढ्नुस्