काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको सुनुवाइ आइतबार सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा २२ नम्बरमा राखिएको पेसी हेर्न नभ्याइनेमा राखिएको हो ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको विशेष महाधिवशेनबाट सभापतिमा गगन थापा कार्यसमिति निर्वाचित भएको थियो । सो समितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । यसविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । खड्काले विशेषबाट आएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।
विशेषको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे पनि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको थियो । ६ माघमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर सो मुद्दाको पेसी आइतबार हेर्न नभ्याइने परेको हो । किशोरी साह कमलको धनुषा १ को उम्मेदवारीसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेकोले अरु मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
गगन थापा पक्षलाई आधिकारिकता दिने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै