दार्चुलाको दुहुँ गाउँँपालिकाले पालिकास्तरीय वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ । शैक्षिकसत्र २०८२ को पालिकास्तरीय वार्षिक परीक्षाको तयारी पूरा भएको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिए ।
संयोजक बमका अनुसार वार्षिक परीक्षा आउदो विहिबार देखि चैत्र १२ गतेसम्म सञ्चालन हुने बताएका छन् । परीक्षामा बालविकास कक्षा देखि कक्षा ९ सम्मका १हजार ५३३ जना विद्यार्थी सहभागी हुने बताइएको छ ।
दुहुँ गाउँपालिकाको निशुल्क शिक्षा कार्यक्रम अनुसार सबै विद्यार्थीहरुका लागि प्रश्नपत्र, उत्तरपुस्तिका, कक्षा ५ सम्मका विद्यार्थीका लागि पेन्सल, इरेजर, सापनर लगायत अन्य परीक्षा सामग्रीहरु समेत सबै विद्यालयहरुमा पुर्याइएको पालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाले बिज्ञ शिक्षकहरुको सहयोगमा पालिकास्तरीय परीक्षा संञ्चालन गर्ने तयारी गरेको छ ।
