काठमाडौं । नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगले प्रतिवेदन सरकारलाई बुझाई सकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि नेता जोशीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन ।
सुशासनको लागि बलीदान दिएको नवपुस्ताको आन्दोलनको जगमा बनेको सुुशीला कार्की सरकार पनि पुराना सरकार जस्तै हो र? भन्दै नेता जोशीले सरकारलाई प्रश्न समेत गरेका छन् । यसले अनेक आशंका र उपशंका जन्माएको छ, उनले भने ।
सो प्रतिवेदन सार्वजनिक गर्न उठिरहेका मागहरुमा आफनो पनि ऐक्यबद्धता रहेको बताएका छन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन ढिलानगरी सार्वजनिक गर्न पनि भनेका छन् । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु, उनले भनेका छन् ।