पशुपालनमा प्रोत्साहन गर्नका लागि गोठालो भत्ता

दार्चुला  – कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता दिएको छ। पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बतानुभयो।

गाउँपालिकाले आर्थिक वर्ष २०७६: ७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो। कार्यविधिअनुसार ५० देखि १०० भेडा, बाख्रा पाल्ने किसानलाई मासिक एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रूपैयाँका दरले गोठालो भत्ता दिदैँ आएको छ। सम्बन्धित किसानको बैंक खातामा नै उक्त रकम जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छ भने यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ।
अहिले गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान रहेका छन्।

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रूपैयाँ गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.