दार्चुला । दार्चुलामा आउँदो बुधबार (अर्थात वैशाख २) गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि २१ जना गणक तथा सुपरीक्षेक खटिने भएका छन्। गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ।
जिल्ला आर्थिक गणना कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिकामा –६ जना शैल्यशिखर नगरपालिमा–३ जना मार्मा गाउँपालिकामा –२ जना र मालिकार्जुन गाउँपालिकामा –२ जना गणक खटिने भएका छन् ।
यस्तै अपिहिमाल,दुँहु, व्यासँ,लेकम नौगाड गाउँपालिकामा समान एक–एक जना गणक खटिने आर्थिक गणना कार्यालयका प्रमुख निरज ओझाले जानकारी दिए । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने उनले बताए ।
दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवक्षेक र १८ जना गणक खटिने भएका हुन्।
जिल्ला आर्थिक गणना अधिकारी गिरीले जिल्लाका ९ वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताए। गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म दोस्रो आर्थिक गणना सुरु हुँदैछ।