प्रतिनिधि सभा सदस्य ठगुन्नालाई बधाई सहित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा दार्चुला जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गणेश सिंह ठगुन्नालाई बधाई तथा नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ। मंगलबार काठमाडौंको कार्नीभल रेस्टुरेन्ट बिजुलीबजारमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले नवनिर्वाचित सांसद ठगुन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दार्चुलाको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनीहरूले नयाँ वर्षले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना समेत व्यक्त गरेका थिए।

उक्त अवसरमा विभिन्न क्षेत्रमा आबद्ध दार्चुलेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आपसी सद्भाव, सहकार्य र एकताको सन्देश आदानप्रदान गर्दै कार्यक्रमलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेका थिए। कार्यक्रममा एमाले जिल्ला जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती, नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उपेन्द्र सिह धामी, लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.